काठमाडौँ – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको फैसला आजै आउने सक्ने भएको छ । अन्तिम सुनुवाई सकिएसँगै सर्वोच्च अदालतमा न्यायाधीशहरु छलफलमा जुटेकाले फैसला आजै आउने अनुमान गरिएको हो ।


ADVERTISEMENT


फैसला आजै आउने सम्भावना बढेपछि सर्वोच्चमा सुरक्षाकर्मीको संख्या बढाइएको छ ।


ADVERTISEMENT

# # #


कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा आज रवि लामिछानेको पक्षका बाँकी रहेका वकिलहरुले बहस गरेका थिए । यस्तै विपक्षका वकिलहरुले जवाफी बहस गरेका थिए ।

अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए । नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको थियो ।