काठमाडौँ– स्वास्थ्य मन्त्रालयद्वारा पूर्वी नाका काँकडभिट्टाको मेची पुलमा राखिएको हेल्थ डेस्कमा कोभिडसँगै एचआइभी, मलेरिया र क्षयरोगकोसमेत परीक्षण सुरु गरिएको छ ।


ADVERTISEMENT


विगत तीन वर्षअघि कोभिड–१९ को जाँच गर्न मेची पुलको मुखमै कार्यालय स्थापना गरेर राखिएको डेस्कमा मन्त्रायलयकै निर्देशनमा यी रोगको पनि परीक्षण गर्न थालिएको हो ।


ADVERTISEMENT

# # #


कार्यालयमा मन्त्रालयकै मातहतमा रहनुभएकी ल्याब असिस्टेन्ट शान्त भण्डारीले भारतलगायत तेस्रो मुलुकबाट आउनेको शङ्का लागेमा जाँच गर्ने गरिएको जानकारी दिए।

उहाँले डेस्कमा दैनिक पाँचदेखि १५ जनासम्मको मलेरिया र तीनदेखि चार जनासम्मको एचआइभी परीक्षण गरिँदैै आएको बताए । ‘हामीलाई भारतलगायत तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्नेमध्ये शङ्का लागेका व्यक्तिको जाँच गर्छौँ । अन्य रोगको जाँच गर्न सजिलै छ, तर एचआइभी परीक्षण गराउन गाह्रो हुन्छ ।’

उनका अनुसार विशेष गरी डेस्कमा भारतका विभिन्न स्थानबाट नेपालमा रोजगारीका लागि आउनेको भने अनिवार्यरुपमा एचआइभी र मलेरियाको परीक्षण गरिएको छ । मन्त्रालयले एक अहेबसहित दुई कर्मचारीलाई सीमा डेस्कमा खटाउँदै आएको छ ।

यसैगरी सीमामा काउन्सिलिङ गर्न र कोभिडसँग अन्य रोगको जाँचकै लागि प्रदेश नं १ को स्वास्थ्य मन्त्रालयलेसमेत एक ल्याब असिस्टेन्टको व्यवस्था गरेको छ । मेचीनगर नगरपालिकाले चार स्वास्थ्यकर्मीलाई सीमामा विगत तीन वर्षदेखि नै खटाउँदै आएको छ ।

‘दैनिक यो नाकाबाट नेपाल प्रवेश गर्नेको सङ्ख्या दुई÷तीन सय बढी छ, प्रदेश मन्त्रालयबाट खटाइएकी ल्याब असिस्टेन्ट रक्षा देउजाले भनिन्, ‘जनशक्ति अभावले काम गर्न कठिनाइ भइरहेको छ ।’ रासस