काठमाडौँ– नेकपा माओवादी केन्द्रको बैठक टुङ्गिएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निस्कर्ष निकाल्दै टुङ्ग्याएको हो ।


ADVERTISEMENT


एक पदाधिकारीका अनुसार, बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति चयनमा प्रतिपक्ष पार्टी नेपाली कांग्रेसको पनि राय बुझ्नुपर्ने धारणा व्यक्त गरेका थिए ।


ADVERTISEMENT

# # #


बैठकमा उनलेआफू एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भएकाले राष्ट्रपति चुनावमा कांग्रेसको समेत विश्वास लिएर कसरी अघि बढ्न सकिन्छ ? भन्ने जिज्ञासा व्यक्त गरेका थिए ।