काठमाडौँ – रवि लामिछानेले पुनः नेपाली नागरिकता लिएका छन् । सर्वोच्च अदालतको आदेश अनुुसार आइतबार जिल्ला प्रशासन कार्यालय पुगेर लामिछानेले पुनः नागरिकताको प्रमाणपत्र लिएका हुन् ।


ADVERTISEMENT


काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका लागि दर्ता गरेको र उनले आज दिउँसो नागरिकता लिएको जानकारी दिइन् । साढे ११ बजेतिर कार्यालय पुगेका उनले दिउँसो सवा २ बजेतिर नागरिकताको प्रमाणपत्र लिएका हुन् ।


ADVERTISEMENT

# # #


सर्वोच्च अदालतले शुक्रबार नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद बदर गरेको थियो । सो फैसलासँगै उनले सांसद, उपप्रधान एवमु गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिको पद खारेज भएको थियो।

उनले आज प्रक्रिया पूरा गरी पुनः नागरिकता लिएका हुन्। अमेरिकी नागरिकता त्यागे पनि लामिछानेले नेपाली नागरिकताको पुनः प्राप्तिका लागि निवेदन दिएका थिएनन् । लामिछाने गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।