काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री नछोड्ने निर्णय गरेको छ । आइतबार रवि लामिछाने सभापतिमा फर्किएपछि बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले गृह मन्त्रालय आफ्नो भागको भएको भन्दै नछाड्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकार दिए ।


ADVERTISEMENT


उनले गृह मन्त्रालयमा पार्टीको दाबी यथावत रहेको भन्दै कसलाई पठाउने भन्ने निर्णय गर्ने जिम्मेवारी पार्टी सभापति लामिछानेलाई सुम्पिएको बताए । उनले भने, “पार्टी सभापतिमा रवि लामिछाने सर्वसम्मतिले चयन हुनुभएको छ । परिस्थिति वा समस्या हाम्रो पार्टीभित्र आएको थियो । वर्तमान सहयात्री दलमा आएको समस्या हैन । यो हाम्रो समस्या हो र समाधान गरिसकेको अवस्थामा हाम्रो जिम्मेवारीमा पाएको गृह मन्त्रालयका बारे निर्णय गर्ने अधिकार पनि हाम्रो पार्टीलाई छ ।”


ADVERTISEMENT

# # #


उनले सभापति लामिछानेले यसबारे गठबन्धनका नेताहरूसँग छलफल गर्ने बताए । “गृह मन्त्रालय हामीले स्वतः पाउने कुरा हो । त्यसमा कसलाई पठाउने भन्ने कुरा पार्टीले निर्णय गर्नेछ”, उनले भने ।