काठमाडौं-शीर्ष दलहरू मिल्न नसकिरहेका बेला टुक्रिएका कम्युनिस्ट पार्टीहरू एकीकरणलाई टुंग्याउने गरी अघि बढेका छन् ।


ADVERTISEMENT


मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको एकता केन्द्र मसाल, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाबीच आन्तरिक रूपमा एकीकरणका लागि गृहकार्य भइरहेको छ ।


ADVERTISEMENT

# # #


विचार मिल्नेहरूसँग एकताका लागि आफूहरू खुला रहेको नेकपा क्रान्तिकारी माओवादीले बताएको छ ।

जनवादी केन्द्रीयता, मालेमावादको सिद्धान्त अवलम्बन गर्ने जोकोहीसँग एकताको ढोका खुला रहेको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य अम्बिका मुडवरीले जानकारी दिईन् । माओवादी केन्द्र र एमालेसँग पार्टी एकता हुनै नसक्ने बताएकी छन्।

उहाँले भन्नुभयो– ‘ती पार्टी कम्युनिस्टको सिद्धान्त नै अवलम्बन गर्दैनन्। त्यसैले देशलाई समृद्ध बनाउन नयाँ जनवादी क्रान्ति अनिवार्य छ । कम्युनिस्टहरू सदैव क्रान्तिप्रति प्रतिबद्ध भएर लाग्नुपर्छ । हाम्रो प्रयास विचार मिल्ने मुख्यतः विप्लव नेतृत्वको नेकपालगायतका दलसँग एकता हुने कुरा साँचो हो । हामी निरन्तर छलफलमै छौं ।’-आजको नेपाल समाचारपत्रबाट