काठमाडौं-निर्वाचनम कांग्रेसले अनपेक्षित हार बेहोरेपछि नेतृत्वको कमजोरीबारे चर्को आलोचना भइरहेको छ । अझ प्रतिनिधिसभा र प्रदेशसभामा प्रभावशाली नेताको पराजयपछि त सरकारको नेतृत्वमा समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध एकीकृत रुपमा केन्द्रीय नेताहरु लागिपरेका छन् ।


ADVERTISEMENT


पार्टीको १३ औं महाधिवेशनमा सभापतिका लागि मत माग्दै देउवाले भनेका थिए, ‘पार्टीमा निरन्तर योगदान पुर्याएका कर्मठ, क्षमतावान र लोकप्रिय सबै नेता तथा कार्यकर्ता साथीलाई उदार हृदयले न्याय, सुरक्षा र अवसरको प्रत्याभूति दिँदै सबै क्षेत्र, वर्ग र समूहको समावेशी सहभागीता एवं प्रतिनिधित्वसहितको एकताबद्ध पार्टी बनाउने ठोस नीति र कार्ययोजना बनाएर अघि बढ्न अब ढिला गर्ने अवस्था छैन ।’


ADVERTISEMENT

# # #


यी सबै काम पुरा गर्ने नेतृत्वका लागि आफू दृढ र कृत संकल्पित रहेको बताएका देउवाले पार्टीलाई विधानसम्मत रुपमा गतिशील बनाउन नसकेको आरोप लागिरहेको छ ।- आजको नेपाल समाचारपत्रबाट