काठमाडौं-निर्वाचनअघिबाटै एमालेसँग पार्टी एकिकरणको चर्चाका बीच नेकपा माओवादी केन्द्र भित्र भने एउटा समुहले आठौं अधिवशेनको माग बलियो बनाएको छ ।


ADVERTISEMENT


अधिवेशन माग गर्दै माओवादी भित्र आठौं महाधिवेशन समुह निर्माण भएको छ । केन्द्रिय सचिवालय सदस्य गोपाल किरातीले नेतृत्व गरेको समुहको बैठकले गाउँ, नगर, जिल्ला तथा प्रदेश सम्मेलनको आयोजना गरी आठौं महाधिवेशन गर्न आग्रह गरेको छ ।


ADVERTISEMENT

# # #


एमाले सँगको एकताको विपक्षका नेता किराँती नेतृत्वको समुहले मंसिर २२ गते राष्ट्रिय महाधिवेशन गर्न माग गर्दै पार्टी केन्द्रिय कार्यालयमा पत्र बुझाएको थियो ।

पार्टी एकताको आधार बारे प्रश्न गर्दै समुहले माओवाद लेनिनवाद र माक्र्सवाद नै उल्लेख नरहेको जिकिर गरीएको छ । ६०-४० को मापदण्डले माओवादी पार्टीको अस्तित्व संकटमा पर्ने प्रति समुहले चासो ब्यक्त गरेको छ ।

माओवादी केन्द्र र एमाले बीचको एकता बारे समेत महाधिवेशनबाट निर्णय गर्नुपर्नेमा समुहले जोड दिएको छ ।