काठमाडौं – नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी एकता, सरकार गठन, राष्ट्रपतिकहाँ बिचाराधीन अवस्थामा रहेको अध्यादेश लगायतका विषयमा छलफल गर्न एमालेले स्थायी कमिटीको बैठक बोलाएको बताइएको छ ।


ADVERTISEMENT


एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार समसामयीक राजनीतिक परिस्थितिका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठक दिउँसो १ बजे एमाले अध्यक्ष ओलीको निवास बालकोटमा बोलाइएको छ ।


ADVERTISEMENT

# # #


यसअघि एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पनि बुधबार बालकोटमा भेटवार्ता भएको थियो ।