काठमाडौं-ईङलिश प्रिमियर लिगको पछिल्लो खेलमा आर्सनल बिजयी भएको छ ।


ADVERTISEMENT


गएराती क्रिष्टल प्यालेसलाई ३-२ गोल अन्तरले हराउँदै आर्सनलले जारी सिजन ११ औँ जित हात पारेको हो । आर्सनलको जितमा एलेक्सीस सान्चेजले २ तथा मुस्ताफिले १ गोल गरे ।


ADVERTISEMENT

# # #


पहिलो हाफमा १-० को अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा २ गोल खादै २ गोल फर्काएको थियो । ६५ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा पारेको आर्सनलका ९ शसक्त प्रहार बिफल भएका थिए ।

२० खेलको समाप्तीमा ११ जित र ४ बराबरीसँंगै ३७ अंक जोडेको आर्सनल तालिकाको छैटौँ स्थानमा यथावत छ ।

टटनह्यामसंग समान अंक भएपनि गोल अन्तरमा पछि पर्दै आर्सनल एक स्थान पछि धकेलिएको हो ।