काठमाडौं-भारतको मुम्बईस्थित मुम्बई कम्प्लेक्समा भएको आगलागीमा परी १४ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


दर्जन बढी घाईते भएको त्यहाँको विपद् व्यवस्थापन विभागले जनाएको छ । आगजनीमा मारिनेमा अधिकांश महिलाहरु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


ADVERTISEMENT

# # #


मुम्बईको चर्चित कमला मिल्स रेस्टुरेन्ट तथा सपिङ कम्पाउण्डस्थित सो कम्प्लेक्समा गएराती १२ बजेतिर आगलागी भएको बताईएको छ । आगलागीको कारण भने खुलेको छैन ।

अहिलेसम्म सयभन्दा बढीको उद्धार गरिसकिएको उद्धारमा संलग्नलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।