काठमाडौं-पार्टी एकता, नयाँ सरकार गठन तथा राष्ट्रपति कार्यालयमा अड्किएको अध्यादेशको बिवाद सम्बन्धमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज छलफल हुँदैछ ।


ADVERTISEMENT


अपरान्ह हुने छलफलमा अध्यादेशको विवाद अन्त्य गर्दै राजनीतिक गतिरोध निकासका बिषयमा छलफल हुने माओवादी केन्द्रका नेता अग्नी सापकोटाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


हिजो साँझ नै दुई नेता बिच ‘वान टु वान’ भेटवार्ता हुने भनिएपनि एमाले अध्यक्ष ओली अस्वस्थ भएपछि आजका लागि सारिएको हो । यद्यपी भेटको समय र स्थान भने तय भइनसकेको उनले बताएका थिए ।

दुई नेताको भेटपछि एकता संयोजन समितिको बैठक बस्नेनबस्ने यकिन हुने सापकोटाले जानकारी दिए । जारी गतिरोध अन्त्यका लागि अध्यादेश पारित गर्नुको बिकल्प नभएको भन्दै एमालेमाथी दबाब बढिरहदा हुन लागेको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले हिजो मात्र राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेट भएको थियो ।