काठमाडौं-कांग्रेस कार्यसम्पादन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । सातवटै प्रदेशमा पार्टीले पाएको समानुपातिकतर्फका सांसदको लागि मापदण्डअनुरूप नाम सिफारिस गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।


ADVERTISEMENT


मंसिर १० र २१ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अप्रत्यासित हार व्यहोरेको कांग्रेसले यस अघि बैठक डाकेको थिएन । निर्वाचन पछि बसेको यो पहिलो बैठक हो ।


ADVERTISEMENT

# # #


सभापति देउवासँग १३औँ महाधिवेशनमा पराजित नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, गगन थापा, प्रदीप पौडेल, धनराज गुरुङ, गुरुराज घिमिरेलयायतले निर्वाचनको समीक्षा र समानुपातिकतर्फका सांसदको नाम सिफारिस गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरेका थिए ।

तर, देउवाले प्रदेशमा समानुपातिकतर्फ पार्टीले पाएको सिट संख्यामा सांसद सिफारिसका लागि भन्दै कार्यसम्पादन समिति बैठक बोलाएका हुन् ।