काठमाडौँ– मह सञ्चारको प्रस्तुति तथा प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्र ‘शत्रु गते’ को पहिलो गीत ‘रुपै मोहनी’ सार्वजनिक गरिएको छ ।


ADVERTISEMENT


किरण केसीले १६ वर्षपछि निर्माण गरेको फिल्म ‘शत्रु गते’ को उक्त गीत आज सार्वजनिक गरिएको हो । गीतमा तीन पुस्ताको रमाइलो देखिन्छ । यो गीतका लागि तीन दिन र झण्डै १५ लाख खर्च भएको निर्माण युनिटले जनाएको छ ।


ADVERTISEMENT

# # #


लोकराज अधिकारीको शब्द र टंक बुढाथोकीको संगीत रहेको यस गीतमा आवाज मिना निरौला र टंक बुढाथोकीको छ ।

गीतमा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, शिवहरि पौड्याल, बसुन्धरा भुषाल लगायतलाई फिचर गरिएको छ ।

यसमा कविराज गहतराजले कोरियोग्राफी रहेको छ ।

‘शत्रु गते’ मा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुषाल, शिवहरि पौड्याल लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्र आउँदो चैत ९ गतेदेखि प्रदर्शनमा आउनेछ ।