काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्श्वासको मत दिने जनाएको छ ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै रास्वपाका संसदीय दलका कार्यवाहक नेता डोलप्रसाद अर्यालले गुण र दोषका आधारमा समर्थनसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने जनाएका हुन् । रास्वपाको पहलमा यसअघि सार्वजनिक सरकारले ल्याएका न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयन हुने विश्वाससहित सरकारलाई विश्वासको मत दिन लागेको उनले बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘हाम्रै पहलमा सरकारले सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्यो । त्यसमा हाम्रा वाचाका कयौँ बुँदाहरु समावेश छन् । ती बुँदाहरु हाम्रा होइनन्, आम नागरिकका हुन् । ती मुद्दाहरुमा सरकारले निरन्तरता दिने विश्वाससहित हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रमुख आधार हो । हामी गुण र दोषका आधारमा सरकारको समर्थन र विरोध गर्नेछौँ ।’ साथै उनले रास्वपाले सरकारलाई दिएको समर्थन सरकारले जे गरे पनि हुन्छ भन्ने कवुलियतनामा नरहेको बताए ।

साथै उनले संसदलाई एकअर्काविरुद्ध गालीगलौच र वादविवादको थालो नभई जनताका वास्तविकत चाहना र आवश्यकताका परिपूर्तिका लागि आवश्यक नीति निर्माणमा केन्द्रित हुनुपर्ने बताए । साथै उनले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई सफल कार्याकालको समेत कामना गरे ।

यस्तै उनले पार्टी सभापति रवि लामिछानेको नागरिकताको विषयमा एमाले अध्यक्ष केपी शर्माओलीले गरेको सहयोगप्रति समेत उनले कृतज्ञता व्यक्त गरे ।