काठमाडौं— हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।


ADVERTISEMENT


कोशी, बाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित वर्षाको सम्भावना छ ।


ADVERTISEMENT

# # #


राति भने  देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागका केही स्थानहरूमा पनि वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायतका ठाउँमा तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।