काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तमु गुरुङ समुदायमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।


ADVERTISEMENT


तमु ल्होसारका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त हाम्रो देशमा यस्ता मौलिक पर्वको ठूलो महत्व रहेको उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #


उहाँले तमु गुरुङ समुदायको यस पर्वले सबै नेपालीमा उत्साह र उमङ्ग कायम गरी आपसी सहिष्णुता कायम गर्दै आर्थिक र सामाजिक रुपले समृद्ध मुलुकको निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

तमु ल्होसारजस्ता राष्ट्रिय पर्वले सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइबीच आपसी सद्भाव, बन्धुत्व र एकताको भावना वृद्धि गर्न मद्दत गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपालमा विविध जातजातिले मनाउने यस्ता चाडपर्वले विश्वमा नेपालको छुट्टै पहिचान बनाएको बताएका छन् ।