काठमाडौं-‘एनआईसी एशिया डिबेन्चर २०८१/८२’का विक्री यही पुस १३ गतेदेखि १७ गतेसम्म खुला गरिने भएको छ । एनआईसी एशिया बैंकले एक हजार अंकित दरमा तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । ऋणपत्र जारी गर्नका लागि बैंकले गत शुक्रबार नै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।


ADVERTISEMENT


सो ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । तीन अर्बको ऋणपत्रको ८० प्रतिशत अर्थात दुई अर्ब ४० करोड रुपैयाँ व्यक्तिगत तवरमार्फत् र २० प्रतिशत अर्थात ६० करोड रुपैयाँ सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधिमार्फत निष्काशन गरिनेछ ।


ADVERTISEMENT

# # #


नौ प्रतिशत वार्षिक ब्याजदर हुने ऋणपत्रको भुक्तानी अर्धवार्षिक रूपमा ब्याज गरिनेछ । उक्त ऋणपत्र सात वर्ष अवधिको हुनेछ । ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचिकरण गरिने छ ।

सो ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले एलए माइनस रेटिङ्ग प्रदान गरेको छ, जसको अर्थ लगानीको उच्चतम सुरक्षा र न्यूनकर्जा जोखिम हो । साथै, यस बैंकलाई इक्रा नेपाल लिमिटेडले ए माइनस रेटिङ्ग प्रदान गरेको छ, जुन नेपाली बैंकहरुलाई प्रदान गरीएको उत्कृष्ट रेटिङ्गहरु मध्ये एक हो ।

ऋणपत्र नेपालको कर्जा बजारको विकासको लागि एक महत्वपूर्ण कोशेढुंगा सावित हुने विश्वास बैंकले लिएको छ । हाल नेपालमा दीर्घकालिन लगानीको लागि वित्तीय साधनहरु अत्यन्त कम मात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालिन रुपमा उच्चतम प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चितता हुने र साथमा सुरक्षित लगानी हुने भएकाले यसबाट लाभ लिन बैंकले आह्वान गरेको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा निजी क्षेत्रको अग्रणी बैंकहरु मध्येको एक रहेको एनआईसी एशिया बैंकले मुलुकभर १४९ शाखा कार्यालयहरु, १४१ एटिएम काउन्टरहरु र ४ एक्स्टेन्सन काउण्टरहरुबाट ग्राहकमुखी एवं उच्चस्तरको सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले ११७ अर्ब निक्षेप संकलन गरि ९८ अर्ब कर्जा प्रवाह गरीसकेको छ ।