काठमाडौं-सरकार गठनमा विवाद चलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले भने आफूलाई प्रधानमन्त्री बन्न नदिने खेल भइरहेको आशंका गरेका छन् ।


ADVERTISEMENT


भारतीय नाकाबन्दीविरुद्ध उभिएको तथा देशमा आर्थिक समृद्धि र विकासका अजेण्डा बोकेर सरकारमा जान खोज्दा कानुनका छिद्र खोजेर आफूलाई प्रधानमन्त्री हुनबाट रोक्न खोजिएको आरोप ओलीले लगाएको छ ।


ADVERTISEMENT

# # #


नेपाल पर्वतारोहण संघको साधारणसभामा ओलीले आफूलाई प्रधानमन्त्री हुन नदिन देशीविदेशी शक्ति लागिपरेको आरोप लगाए । उनले भने, ‘सरकार बनाउन नदिन र मलाई प्रधानमन्त्री हुन नदिन देशीविदेशी शक्ति लागिपरेका छन् तर यी कुनै प्रयास काम लाग्नेछैनन्, एमाले-माओवादी तालमेलबाट सरकार गठन हुन्छ ।’