काठमाडौं-सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र राजधानी तोक्ने निर्णय यही साता गर्ने तयारी थालेको छ । प्रमुख र केन्द्रको टुंगो नलागेसम्म राष्ट्रिय सभा निर्वाचन नै प्रभावित हुने देखिएकाले यसलाई टुंग्याउने काम अघि बढाएको हो ।


ADVERTISEMENT


कानुन् न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले प्रदेश प्रमुख र स्थायी केन्द्र तोक्ने तयारी भईरहेको बताए । प्रदेश प्रमुखलाई बाहिर सडकमा राख्ने कुरा भएन, त्यसैले प्रदेश केन्द्रको घोषणा र प्रदेश प्रमुखको नियुक्ति संगै गर्ने तयारी भईरहेको छ, मन्त्री थापाले भने ।-आजको कान्तिपुरबाट


ADVERTISEMENT

# # #