काठमाडौं-पश्चिम क्षेत्रको धार्मिक भ्रमण र होटल उद्घाटन गर्न काँके आएका पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपा अध्यक्ष कमल थापाले भेटवार्ता गरेका छन् । होटल सोल्टीमा शनिबार वर्तमान उपप्रधान तथा स्थानीय विकास मन्त्रीसमेत रहेका थापाले पूर्वराजा ज्ञानेन्द्रसँग भेटवार्ता गरेका हुन् ।


ADVERTISEMENT


निर्वाचनमा अनपेक्षित हार बेहोरेका थापाले पार्टीको कार्यकर्ता भेटघाटको निहुँमा पूर्वराजालाई चुनावी नतिजाका विषयमा जानकारी गराएका थिए । उनले वर्तमान राजनीतिक अवस्था र राप्रपाको रणनीतिका विषयमा पूर्वराजा शाहसँग छलफल गरेको राप्रपा स्रोतले जनाएको छ।


ADVERTISEMENT

# # #


बिहीबार बाँके आएका शाहले शुक्रबार स्थानीय उद्योगी, व्यवसायी, विभिन्न नागरिक समाजका अगुवासँग पनि भेटघाट गरे । ‘पूर्वराजा र यहाँ हुँदा म नआउने भन्ने होइन, म आफ्नो कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएको हुँ’, राप्रपा अध्यक्ष थापाले भने, ‘म आउँदा पूर्वराजा समेत भएकाले भेट गर्न गएको हुँ ।’

पूर्वराजासँग वर्तमान राजनीतिक अवस्था र राप्रपाले निर्वाचनबाट बेहोरेको हारपछि अगाडि बढाउने नयाँ रणनीनितिबारे छलफल भएको थापाले बताए ।-आजको अन्नपूर्ण पोस्टबाट