काठमाडौं – स्वास्थ्यलाई व्यक्तिको सुखी एवम् खुशी जीवनको पहिलो सुचक मानिन्छ । जसकारण पनि कुनै पनि व्यक्ति आफु रोगी होऊन् भन्ने चाहाना राख्दैनन् । बरु आलस्य तथा भारी शरीरबाट टाढा रहि स्फूर्त ऊर्जाका साथ आफ्ना लक्ष्य हासिल गर्न चाहान्छन् । र, हामीले शरीरको उचित ख्याल राख्नु भनेको शरीरमा ऊर्जा स्तरको वृद्धि, तथा आफ्नो लक्ष्य पूरा गर्ने उचित क्षमतालाई अझ तिखार्नु पनि हो । स्वस्थ स्वास्थ्यको अभावमा कुनै पनि व्यक्तिले निश्चित समयमा गर्नसक्ने कामको अवधि त लम्बिन्छ नै संगै यसका कारण व्यक्ति एकत्रित भई आफ्नो कुनै पनि काममा ध्यान दिन नसक्ने हुँदा यसले व्यक्तिले सहजै गर्न सक्ने कार्यमा समेत चुनौती खडा गरिदिन्छ । तसर्थ यसकारण पनि आफ्नो स्वास्थ्यको मामिलामा कुनै पनि हालतमा सम्झौता नगर्नु नै बुद्धिमानी रहन्छ ।


ADVERTISEMENT


तर, वर्तमान समयको व्यस्त भागदौड जीवनशैलीमा व्यक्तिहरुआफ्नो स्वास्थ्यप्रति उचित ध्यान दिने सन्दर्भमा व्यक्ति कहिँ न कहिँ चुकिरहेको देखिन्छ । र, व्यस्त जीवनशैलीका कारण आजका व्यक्तिले प्रयोग गर्ने रेडिमेड र फस्टफुड खाना नै स्वाथ्यप्रतिको लापरवाहि बन्न पुगेको तीतो यथार्थ हाम्रो लागि एक चुनौती पनि हो । जसको परिणाम तत्काल देखा नपरे पनि कालान्तरमा यसले व्यक्तिमा छिट्टै बुढ्यौलीपन, रक्तचाप, मधुमेह, कोलस्टोर तथा थाइराइडजस्ता दिर्घकालीन रोग निम्त्याई मुटु र मिर्गाैलासम्बन्धिका विभिन्न रोगको समेत जोखिम बढाउँछ ।


ADVERTISEMENT

# # #


तसर्थ व्यक्तिले आफुमा यस्तो किसिमको कुनै पनि समस्या नदेखिऊन् भनी आफू स्वस्थ रहनका निम्ति  प्रतिरोध क्षमता प्रस्फुटनमा विशेष ध्यान दिनुपर्छ । र, जुन  खानपिनको माध्यमबाटै पनि सम्भव छ । यसका लागि व्यक्तिले शरीरलाई आवश्यक पर्ने पोषणयुक्त खानालाई विशेष प्राथमिकता दिनुपर्छ । तसर्थ आज हामी यहाँ शरीरको इम्युनिटी पावर बुस्ट( प्रतिरोध क्षमाता अभिवृद्धि) गर्ने खाना र तिनमा पाइने पाँच भिटामिनबारे परिचर्चा गर्दैछौ :

भिटामिन ए

भिटामिन एले द्रव्यदृष्टि, मुटु, छाला तथा प्रतिरोधात्मक क्षमता वृद्धि सन्दर्भमा विशेष भूमिका निर्वाह गर्दछ । यसमा पाइने भिटामिन ए(रेटिनल) तथा बेटा क्यारोटिनले शरीरमा भिटामिनको एक्टि–मा रुपान्तरण गर्दछ ।

भिटामिन ए बेटा क्यारोटिन सुन्तला तथा पहेँलो तरकारी वा फलफूलबाट प्राप्त गर्न सकिन्छ । यसअन्र्तगत गाँजर, सरखण्ड, फर्सी, ब्रोकाउली तथा पालुङ्गो आदिबाट प्राप्त गर्न सकिन्छ । यसका साथै भिटामिन ए(रेटिनल) भने, अन्डा, दुध, बटर तथ कलेजोबाट प्राप्न गर्न सकिन्छ ।

भिटामिन बी–६

एक मानवीय शरीरमा झण्डै २ सय बराबरको बायोकेमिकलहरु रहेका हुन्छन् । भिटामिन बी–६ को विशेषतः भोक, निन्द्रा र व्यक्तिको मुड प्रकृयामा अहम् भुमिका रहेको छ । यस्तै संज्ञात्मक क्षमता, प्रतिरोधात्मक क्रियाकलापक तथा राता रक्तकोष उत्पादनमा समेत यसले महत्वपुर्ण भुमिका निर्वाह गर्दछ । तर, दुर्भाग्यवश् यसको कमी विरलै मात्रामा पाइएता पनि विशेषगरी उमेर गएका व्यक्तिहरुलाई यसको सेवन दिनहुँ गर्नको निम्ति भने सुझाव दिनु हुदैन । मासु, अन्न, तरकारी तथा नट्स भिटामिन बी–६ को मुख्य स्रोत भएता पनि पकाइएको आलु, केरा, ठूलो चनाजस्ता अन्य खानाहरुबाट पनि यसको मात्रा प्राप्त गर्न सकिन्छ ।

भिटामिन बी–१२

भिटामिन बी–१२ ले शरीरमा ऊर्जा तथा डिएनएको उत्पादन गर्दै नशा तथा रक्तकोषिका स्वस्थ राख्न मद्दत गर्दछ । यस भिटामिनबाट लाभ प्राप्त गर्नको निम्ति यसका सबै पूरकहरु उपयुक्त हुनु पर्दछ । यसका लागि उमेरअनुसार पेटमा उत्पादित एसिडले सोहि अनुरुप प्रोटिनलाई तोड्दै खानाबाट प्राप्त भिटामिन बी–१२ को निष्काशन गर्नु पर्दछ । क्रोनिक रोगको अवस्थाः जस्तो प्रोटोन पम्पको अवरोध, एन्टि–डायबिटिज औषधि(मेटफोर्मिन)जस्ताले पक्षले यसमा अवरोध खडा गर्न सक्दछ ।

यस भिटामिन प्रायजसोः अन्डा, मासु, डेरी दूधजन्य परिकार तथा भटमासको दूधबाट प्राप्त गर्न सकिन्छ । यदि तपाईको उमेर ५० वा सोभन्दा बढि भएको छ भने, यस्ता पूरक सेवन गर्नुअघि चिकित्सकसंग सल्लाह लिनु उपयुक्त रहन्छ । यस्तै शाकाहारी तथा भेगन व्यक्तिहरुले भने यसको मात्रा अन्न तथा गेडागूडिजन्य खानाबाट प्राप्त गर्न सक्छन् ।

फोलेट तथा फोलिक एसिड

सामान्यतयाः फोलेट भन्नाले विभिन्न किसिमका भिटामिन बी–९ बुझिन्छ । भिटामिन बीका ८ प्रकारमध्ये एक प्रकारले राता रक्तकोषको कार्य तथा प्रकृयामा महत्वपुर्ण भुमिका खेल्दछ । भिटामिनको प्रयोग महिलामा गर्भवतिको पहिलो ३ हप्ताको अवधिमा परेको प्रभावका कारण जन्म प्रकृयामा देखापर्ने असर देखा नदेखियोस् भन्नका निम्ति अत्यन्त महत्वपुर्ण मानिन्छ । फोलिक एसिड फोलेटो एक कृत्रिम रुप हो । यो पर्याप्त फलफूल तथा तरकारीबाट नै प्राप्त गर्न सकिन्छ ।

फोलिक एसिड पाइने खानाहरु

-हरियो सागपात
-फलफूलः स्ट्रबेरी, खरबुजा
-फलफूलको जुसः कम गुलियो भएका फलफूल
-लेग्युम्सः सुख्खा/सुकेको गेडागुडि वा मटर
-एफडिए(FDA)का अनुसार, भिटामिन बी–९ ले पनि फोलिक एसिड रोटी, पिठो, मकै, अन्न, खाना, पास्ता तथा खाद्यान्नको मार्फत पनि भिटामिन बी–९ प्राप्त गर्न सकिन्छ ।

भिटामिन–डि

भिटामिन डिको प्रयोग स्वस्थ हाड र दाँतका निमित्त महत्वपुर्ण मानिन्छ । यस्तै यसको महत्व केहि क्यान्सर तथा मुटुरोगहरुमा पनि उत्तिकै मात्रामा रहेको छ ।

भिटामिन डिको कमी भएकाहरुमा उच्च हावा बहाव, बाफ तथा छाला कालो हुनेजस्ता जोखिमहरु रहन्छ । भिटामिन डि सुन्तलाको जुस, दूध तथा ब्रेकफास्टमा प्रयोग गरिने अन्नहरुबाट प्राप्त गर्न सकिन्छ । यसका साथै निम्न खानाहरुबाट पनि भिटामिन–डि प्राप्त गर्न सकिन्छ :

-फ्याटि फिसेजः सालमोन, टुना तथा सार्डिन्स
-च्याउ
-सबैखाले अण्डा ।

एजेन्सी ।