काठमाडौं-धादिङमा बिजुलीको पोलमा चढेर तार जोडदै गरेका मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।


ADVERTISEMENT


ज्वालामुखी गाउँपालिका –४, पुर्सुकमा पोलमा चढेर मेन लाइनबाट शाखा लाइनमा तार जोड्ने क्रममा करेन्ट लागेर बझाङका २३ वर्षीय जयराम अगस्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रहरी टोली र ठेकेदार घटनास्थल पुगेर घटनाको छानविन भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक धु्रवराज राउतले बताएका छन् ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङबेशी लगिएको छ ।