काठमाडौँ– उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जिभसिंह पुरीसँग आज भएको भेटमा नेपालमा हुने आगामी स्थानीय निर्वाचनका लागि आवश्यक सामग्री सहयोगका लागि भारत सरकारको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


गृह मन्त्रालयमा आज अपराह्न भएको भेटमा गृहमन्त्री निधिले नयाँ राजदूत पुरीको कार्यकालमा नेपाल–भारत सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे ।


ADVERTISEMENT

# # #


राजदूत पुरीले नेपालको संविधानसभा निर्वाचनका बेला पनि भारत सरकारले निर्वाचन सामग्री सहयोग गरेको स्मरण गराउँदै आगामी निर्वाचनमा पनि सहयोग गरिने विश्वास दिलाए । उनले नेपाल–भारतबीचको शदियौँ पुरानो घनिष्ठ सम्बन्ध आगामी दिनमा थप विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएका थिए ।