काठमाडौं-धादिङको गंगाजमुना गाउँपालिका-७ बुढाथुममा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।


ADVERTISEMENT


मृत्यु हुनेमा ट्याक्टरका चालक गंगाजमुना ६ बसेरीका विकास अधिकारी र सोही ठाउँ बस्ने होमबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । दुर्घटनामा सरोज परियार घाइते भएका छन् । उनलाई उपचार गर्न आरुघाटतर्फ लगिएको छ ।


ADVERTISEMENT

# # #


गोरखाको आरुघाटबाट बालुवा लिएर बुढाथुम जाँदै गरेको अनटेस्ट ट्याक्टर गएराती सडकबाट करिब २५ मिटर तल खसेको थियो ।