काठमाडौं-वाणगंगा नगरपालिका–२ पिपराको लालमटिया सामुदायिक वनमा गएराति तस्कर र सशस्त्र वन रक्षकबीच फायरिङ भएको छ । तस्करले काठ काटिरहेको सुचना पाएपछि वन रक्षकको टोली पुगेको थियो ।


ADVERTISEMENT


उपभोक्तासहित टोली घटनास्थल नजिक पुग्नै लाग्दा तस्करले फायरिङ गरेका थिए । प्रतिरक्षाका लागि वन रक्षकले पनि फायर गरेको सहायक वन अधिकृत प्रकाश ठाकुरको भनाई छ । आजको कान्तिपुरबाट


ADVERTISEMENT

# # #