काठमाडौं-ललितपुरको गोदावरी नगरपालिका-१२ ठेंचोमा रहेको ब्रम्हायणी मन्दिरको ऐतिहासिक मूर्ति चोरी भएको छ । भूकम्पले मन्दिरमा क्षति पुगेपछि मन्दिर नजिकै रहेको सत्तलमा मूर्ति राखिएको थियो । सो मूर्ति गएराति चोरी भएको ललितपुर प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


डेढ फिट अग्लो पित्तलको मूर्तिमा सुनको जलप लगाइएको थियो । बुधबार बिहान ५ बजे नित्य पूजा गर्न गएका बेला मूर्ति नदेखेपछि हराएको थाहा भएको हो । योभन्दा अघि पनि ब्रम्हायणीको मूर्ति तीनपटक चोरी भइसकेको छ ।


ADVERTISEMENT

# # #


प्रहरीले हराएको मूर्तिको खोजी भइरहेको जनाएको छ । सीसीटिभी र फिङ्गर प्रिन्ट लगायतको आधारमा अनुसन्धान जारी गरेको प्रहरीको भनाइ छ ।