काठमाडौँ– राप्रपाबाट असन्तुष्ट बनेर पार्टी परित्याग गरेका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी नामक नयाँ पार्टी गठन गरेका छन् । लोहनी अध्यक्ष रहेको सो पार्टीमा केशर बहादुर विष्टलाई वरिष्ठ नेता बनाइएको छ ।


ADVERTISEMENT


पहिलो चरणमा अध्यक्ष र वरिष्ठ नेता सहित ७१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ । सो पार्टीले आजै निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएको छ । निर्वाचन आयोगले भने स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको र आचार संहिता लागु भएकाले प्रक्रिया पूरा गरेर निर्वाचन पछि मात्रै दल दर्ता गर्ने बताएको छ ।


ADVERTISEMENT

# # #


राप्रपा र राप्रपा नेपालबीच पार्टी एकिकरणपछि पार्टीको चुनाव चिन्ह हलो राख्ने सहमति भएपनि एकता महाधिवेशन पछि चुनाव चिन्ह गाई नै राखेको भन्दै असन्तुष्ट बनेका लोहनीले राप्रपा परित्याग गरेका थिए ।