काठमाडौँ – यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सोमबार काठमाडौँमा सम्पन्न सभामा यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर)सम्बन्धी आवश्यक निर्णय गरेको छ ।


ADVERTISEMENT


जस अनुसार साधारणासभाले यूनाइटेड इन्स्योरेन्स तथा अजोड इन्स्योरेन्स मर्जर सम्बन्धी प्रस्ताव पारित पारित गरेको छ । यस्तै साधारणसभाले एक आपसमा गाभिए पश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड कायम हुने गरी सो नामबाट निर्जीवन बीमा व्यवसाय गर्ने सम्बन्धी प्रस्ताव समेत पारित गरेको छ ।


ADVERTISEMENT

# # #


यस्तै यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. तथा अजोड इन्स्योरेन्स लि. मर्जर प्रयोजनका लागि मूल्याङ्कनकर्ता एस.आर.पाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्सबाट तयार गरिएको यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. तथा अजोड इन्स्योरेन्स लिमिटेडको चल/अचल सम्पत्ति, दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात १००ः८२.५ कायम गर्ने गरी मर्जरलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव समेत पारित गरिएको जनाइएको छ ।

यस्तै मर्जरसम्बन्धी सहमति पत्र, अन्तिम सम्झौता पत्र तथा अन्य भए गरेका सम्झौताहरु लगायत सम्पूर्ण काम कारवाहीको अनुमोदन गर्ने तथा मर्जर प्रयोजनका लागी दुवै कम्पनीको चल /अचल सम्पति दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन तयार गर्न नियुक्त गरेका लेखापरीक्षक/मूल्याङ्कनकर्ता एस.आर.पाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्सको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गरिएको छ ।

मर्जर प्रयोजनका लागि भएको सम्झौता बमोजिम सोको आवश्यक स्वीकृतिका लागी नियमनकारी निकायमा निवेदन दिने र मर्जरसँग सम्बन्धित प्रचलित कानुनी कागजात र प्रक्रियाहरु पूरा गर्न गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गरिएको छ भने मर्जरपछि गठन हुने सञ्चालक समितिमा युनाइटेड इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रतिनिधिहरु तोक्ने अधिकार सञ्चालक समितिलाई दिने तथा गाभिए पछि बन्ने सञ्चालक समितिमा अजोड इन्स्योरेन्स लिमिटेडबाट आउने सञ्चालकलाई पदस्थापन एवं अनुमोदन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरिएको छ ।

यस्तै यूनाइटेड इन्स्योरेन्सको साविक सञ्चालक समितिका सदस्यहरुको कार्यकाल जतिसुकै बाँकी रहेता पनि मर्जर कार्य सम्पन्न भई साबिक दुबै कम्पनीबाट प्रतिनिधित्व रहने गरी नयाँ सञ्चालक समिति गठन भए पश्चात विद्यमान सञ्चालकहरुको बाँकी कार्यकाल स्वतः समाप्त भएको मानिने तथा नयाँ सञ्चालक समितिको कार्यकाल समेत गाभिएपछि बन्ने कम्पनीको वार्षिक/विशेष साधारण सभा नभएसम्म मात्र कायम रहने प्रस्ताव समेत वार्षिक साधारण सभाले पारित गरेको छ ।

मर्जरपछि कम्पनीको केन्द्रिय कार्यालय काठमाडौँको सुन्धारामा रहने तथा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र कम्पनीको संस्थापक तथा सर्वसाधारण शेयरको स्वामित्व प्रतिशत समेत फेरवदल हुने हुँदा कम्पनीको प्रबन्धपत्र र नियमावलीको दफामा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिएको छ ।

यस्तै मर्जर सम्झौता पत्र अनुसार कम्पनीको नाम, अधिकृत पूँजी, जारी पुँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने अन्य आवश्यक कार्य गर्ने साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा सम्बन्धित दफामा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरिएको छ भने यस सम्बन्धमा गर्नुपर्ने संशोधनहरु नियमनकारी निकायबाट फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरवदल गर्नु पर्ने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिएको जनाइएको छ ।