काठमाडौँ– बर्दघाट नवलपरासी (पश्चिम) स्थित एभरेष्ट बैंक लिमिटेडको १२५ औं शाखा  सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


देशका विभिन्न गाउँ तथा शहरका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यले सेवा प्रदान गर्दै आएको बैंकले सोमबार एक समारोहबीच नवलपरासी (पश्चिम) स्थित आफ्नो १२५ औं शाखा उद्घाटन गरेको हो ।


ADVERTISEMENT

# # #


नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नवलपरासी पश्चिमका जिल्ल्ला सभापती केशव प्रसाद भण्डारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा उद्घाटन गरेसंगै लुम्बिनी प्रदेशमा बैंकको शाखा संख्या २२ पुगको छ ।

कार्यक्रममा बोल्दै सभापती भण्डारीले बर्दघाटमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए । यसका लागि उनले एभरेष्टप्रति आफ्नो आभारसमेत प्रकट गरे ।

यस्तै, अधिकृत खालिङ्गले भने बर्दघाट र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिबद्वता जनाए । साथै बैंकको पंजाब नेशनल बैंक भारतसंग साझेदारीले रहेको जानकारी दिदैँ उनलेपूर्व भारतिय गोर्खा सैनिकलाई समेत पेन्सन तथा अन्य बैंकिङ्ग सेवासुविधामा सहज हुने विश्वास व्यक्त गरे ।

उक्त समारोहमा सशस्त्र प्रहरी बल नवलपरासी पश्चिमका प्रहरी वरिष्ठ उपरिक्षक किरण बस्नेत, बर्दघाट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष वेधविना तिवारी, इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक विरेन्द्र के.सी., बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक लव प्रसाद कुईकेल साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

१२५ शाखामार्फत १३ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा दिदैँ आएको यस बैंकले हालसम्म देशभर ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुविधाहरु प्रदान गर्दै आइरहेको छ । साथै बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिईरहेको छ ।