विराटनगर– बालबालिका यौन दुर्व्यवहार गरेको अभियोगमा खोटाङको शुभद्रा मदन फाउन्डेसनका सञ्चालक मदन राई पक्राउ परेका छन् । कृषि विज्ञका रुपमा परिचय बनाएका सञ्चालक राई शुक्रवार आफ्नै फाउन्डेसनबाट पक्राउ परेका हुन् ।


ADVERTISEMENT


उनीमाथि फाउण्डेसनका विद्यार्थीहरुलाई अश्लील बोल्न लगाउने, संवेदनशील अंगहरु छुने तथा नग्न शरीर देखाउनले लगायतका यौन दूर्व्यवहार गरेको आरोप छ ।


ADVERTISEMENT

# # #


७५ वर्षीय मदनको उक्त हर्कतबारे भण्डाफोर गर्दै बिहिवार मात्रै विभिन्न समाचारहरु सार्वजनिक भएको थियो । फाउण्डेसनका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुले उनले यौन दूर्व्यवहार गर्ने गरेको बताएका थिए ।

पक्राउ मदनमाथि हाल अनुसन्धान कार्य भइरहेको प्रहरी कार्यालय, खोटाङले जनाएको छ ।