काठमाडौं-सरकारले भारतसँग सीमा जोडिएको दक्षिणतर्फका ७ नाकामा अध्यागमन कार्यालय राख्न गृहकार्य थालेको छ ।


ADVERTISEMENT


विदेशी नागरिकका गैरकानुनी गतिविधि नियन्त्रण तथा अध्यागमन तथ्याङक व्यवस्थित गर्न इलामको पशुपतिनगरदेखि पर्साको ठोरीसम्मका आधा दर्जन नाकामा अध्यागमकन कार्यालय स्थापना गर्न गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।


ADVERTISEMENT

# # #


गृह मन्त्रालउय स्रोतका अनुसार पिहलो चरणमा इलामको पशुपतिनगर र मोरङको रानीमा अध्यागमन कार्यालय स्थापना गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ ।

पारस्परिक सहयोग सहमति र समन्वय बिनै भारतले इलामको पशुपति नगर जोड्ने फाटक र मोरङको रानी जोड्ने जोगबनीमा कार्यालय स्थापना गरेर अध्यागमन अधिकारी खटाएपछि नेपाल पक्षले पनि आधा दर्जन नाकामा अध्यागमन संयन्त्र स्थापनाको गृहकार्य थालेको हो ।