काठमाडौं-पाँचथरको हिलिहाङ १ अमरपुरका एक बृद्धको आगलागीमा परी मृत्यु भएको छ । गएराति १२ बजे घरमा भएको आलागीबाट ८१ बर्षीय नर बहाजुर थुलुङ राईको मृत्यु भएको हो । मृतक राइले सेवन गरेको विडिको ठूटोबाट आगो सल्केको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


राई बस्दै आएको फुसले छाएको एक तले घरमा आगलागी हुँदा राईको ज्यान गएको हो । उक्त घरमा राई मात्रै बस्दै आएका थिए । घरमा आगो लगेपछि भाग्न नसक्दा बृद्ध राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दियो ।


ADVERTISEMENT

# # #


आगलागी भएको खबर पाएपछि अमरपुरका प्रहरी चौकीका प्रहरी इञ्चार्ज काजीबहादुर बस्नेतको नेतृत्वमा खटिएको टोलीले राति साढे एक बजे आगो लियन्त्रणमा लिएको थियो । आगलागीबाट घर पूर्णरुपमा खरानी हुँदा पाँच लाख बराबरको क्षति भएको पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए ।