काठमाडौं-स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिड विजयी भएको छ ।


ADVERTISEMENT


बिहीबार राति सम्पन्न खेलमा ला लिगाको चौंथो स्थानमा रहेको रियल मड्रिडले नुम्यानसियालाई ३–० ले हरायो । रियलका लागि ३५ औँ मिनेटमा पेनाल्टीमा ग्यारेथ बेलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।


ADVERTISEMENT

# # #


त्यस्तै खेलको ८९ औँ मिनेटमा पाएको पेनाल्टीमा इस्कोले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । रियलका लागि थप १ गोल दोस्रो हाफको इन्जुरी समयमा मायोरलले गरेका थिए ।

खेलको ६० औँ मिनेटमा डियामान्का दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नुमान्सिया १० खेलाडीमा सीमित भएको थियो ।

रियल क्रिष्टियानो रोनाल्डो र करिम बेन्जिमा बिना मैदान उत्रेको थियो ।