काठमाडौं-युवा संघ नेपालले रुपन्देहीमा गोली हानी हत्या गरिएका युवा संघ रुपन्देही क्षेत्र नं १ का पूर्वकोषाध्यक्ष वसन्त पौडेलको हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।


ADVERTISEMENT


संघका महासचिव किरण पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै हत्यारालाई कानूनी दायरामा ल्याउन माग गरेका छन । पौडेलको बिहान ११ बजे देवदहमा गोली हानेर हत्या गरिएको थियो ।


ADVERTISEMENT

# # #


यसैबीच पौडेलको हत्याको विरोधमा युवा संघले शनिबार देशभर संगठनको झण्डा झुकाउने निर्णय गरेको छ ।

एक वर्ष अगाडि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई पनि गोली हानी हत्या गरिएको थियो ।