पोखरा– ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ।


ADVERTISEMENT


आफूले चलाएको सहकारीबाट निक्षेपकर्तालाई रकम फिर्ता दिन नसकेपछि फरार भएका उनीसहित ६ जनालाई विभागले निगरानी सूचीमा राखेको हो ।


ADVERTISEMENT

# # #


कालोसूचीमा पर्नेहरु क्रमशः कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र अर्का सदस्य झगबहादुर शाही रहेका छन् । सूचीमा परेकाहरुलाई यात्राको अनुमति नदिन समेत विभागको निर्देशन छ ।

विभागका महानिर्देशक झलकराम अधिकारीका अनुसार गृह मन्त्रालयले पत्र पठाएर उनीहरुमाथि यात्रा प्रतिबन्ध गर्न निर्देशन दिएको हो । गृहको निर्देशन अनुसार उनीहरुलाई कालो सूचीमा राखिसकिएको छ ।

नगर पूम्ख मेयर नेकपा (एमाले) बाट नेपालीले २०७४ र २०७९ मा ढोरपाटनको मेयर जितेका हुन्। उनी संस्थापक अध्यक्ष रहेको इमेज सहकारीको मुख्य कार्यालय बाग्लुङ बजारमा छ भने शाखा कार्यालयहरू पोखरा र बाग्लुङको हटिया र बुर्तिबाङ बजारमा छन्।

एक महिनाअघि उनले एक विज्ञप्ति जारी गर्दै धेरै जना निक्षेपकर्ता रकम फिर्ता लिन आएकोले भुक्तानी दिन नसकिएको बताएका थिए। उनले बचतकर्तालाई धैर्य गर्न अनुरोध गरेका थिए।

बुर्तिवाङ बजारमा दरबार होटल पनि सञ्चालन गर्ने नेपालीले पैतृक सम्पत्ति बेचेर भए पनि निक्षेपकर्ताको रकम फिर्ता गर्ने बताएका थिए। यद्यपि केही समययता सहकारीका पदाधिकारीसहित नेपाली यतिबेला सम्पर्कविहिन छन् ।