काठमाडौँ— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संसद्मा एमाले अध्यक्ष केपी ओलीप्रति आक्रामक सुनिएका छन् । सोमबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा नेपालले एमाले अध्यक्ष ओलीलाई आफ्नै कारणले दुःख पाएको भन्दै व्यङ्ग्य गरे ।


ADVERTISEMENT


‘अरूलाई घोचपेच गरेर मात्र हुँदैन । आफ्नो पीडा व्यथा पोखेर मात्र हुँदैन । सरकारमा बस्न सकिएन त्यो बेग्लै कुरा हो । किन बस्न सकिएन त्यसको पछाडि पनि अरूलाई दोष दिएर हुँदैन । बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्क्यो त्यसको लागि अरूलाई सत्तो सराप गरेर हुँदैन,’ उनले भने, ‘सबैभन्दा  ठूलो समस्या व्यक्तिवादको रोग हो । आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति हो ।


ADVERTISEMENT

# # #


ओलीले आफूलाई सर्वज्ञ तथा सर्वश्रेष्ठ ठान्दा समस्या भएको नेपालले दोहोर्‍याए ।