काठमाडौं-जाजरकोटमा एक साता पहिलेदेखि फैलिएको भाइरल ज्वरो र रुघाखोकी कारण ८ दिने नाबालक सहित ९ जनाको मृत्यु भएको छ । ज्वरो र रुघाँखोकीका कारण जुनीचाँदे गाउँपालिकामा तीन सय भन्दा बढी गाउँलेहरु विरामी परेको स्वास्थ्य चौकी बड्कुलेका ईञ्चार्ज हरिबहादुर सिंहले बताए ।


ADVERTISEMENT


उनले दैनिक स्वास्थ्य चौकीमा उपचारका लागि आउने झण्डैं ६० देखि ७० जना भाइरल विरामी नै आउने गरेको बताए ।


ADVERTISEMENT

# # #


ज्वरो र रुघाँखोकी कारण जुनीचाँदे गाउँपालिका-२, मजकोटका ६५ वर्षीया धनसरा नाथ, ५७ वर्षीया आइती तिरुवा-३, का ६७ वर्षीय करसिंह टमाटा, ७५ वर्षीय सतरुप शाही र ५ जना नाबालकको मृत्यु भएको छ । मृत्यु हुने बालबालिकामा एक महिनाका २ जना, ८ दिनका २ जना र ४ वर्षको १ जना छन् ।

जिल्ला सदरमुकाम खलंगाबाट झण्डै दुई दिन पैदल दुरीमा पर्ने जुनीचाँदेमा मौषम परिवर्तनसँगै अत्यधिक चिसो बढेको कारण भाइरल प्रकोप फैलिएको ईञ्चार्ज सिंहको भनाइ छ । शुरुमा जुनीचाँदे गाउँपालिका-१, २ र ३ नम्बर वडामा फैलिएको भाइरल ज्वरो र रुघाँखोकी नियणन्त्रणमा नआउँदा पुरै गाउँपालिकामा नै फैलिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटबाट रोग पहिचानका लागि स्रोतव्यक्ति एवं ल्याव टेक्नीसियन कृष्ण खत्रीसहित डाक्टरहरुको टिम घटना स्थलमा पठाइएको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताए ।