काठमाडौँ– पछिल्लो समय पुर्वराजा ज्ञानेन्द्र शाह धार्मिक कार्यक्रम तथा जनताद्वारा आयोजित विविध सम्मान कार्यक्रममा उल्लेखरुपमा जानेक्रम बढेको छ । उनी पछिल्लो समय जनतालाई सम्बोधन गर्दै राजनीतिक टिप्पणी गर्ने गरेका छन् ।


ADVERTISEMENT


शनिबार सुर्खेतमा आयोजित एक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रले जनताको सम्बोधनमा ‘वाद’ कुनै परिवर्तन नआएको उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले आफ्नो सम्बोधनमा बोल्दै ‘दुई दशक लामो समय गुमाएर अभ्यास गर्दै आएको विधि, व्यवस्था, शासन, प्रशासन सहि भएको छ र ?’ भनेर प्रश्न गरेका छन् । उनले राजनीतिक अभ्यासमा देशको प्रतिष्ठामै आँच आएको उल्लेख गरेका छन् ।

उनले गरेको प्रश्नले उनी राजसँस्था ल्याउन तत्पर रहेको सम्बोधनमा उल्लेख गरेका छन् । उनले भने, ‘जनताले रोजेको जनताले खोजेका र सोचेकोअनुसार हुदैन तब त्यस्तो पद्दति केही समयको विकाउ हुन्छ टिकाउ हुदैन ।’

उनले प्रस्तुत दिएको अभिव्यक्तिले लोकतान्त्रिक प्रक्रिया विरुद्ध जनता लाग्न पर्ने उल्लेख गरेको देखिन्छ भने उनी जनताको हवाला दिँदै व्यवस्था परिवर्तन गर्न सबै जना आ(आफ्नो स्तरबाट जुट्न पर्ने बताएका छन् ।

भिडियोसहित