काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।


ADVERTISEMENT


सोमबार सिंहदरबारस्थीत संसद सचिवालयमा सभामुख देवराज घिमिरेले सांसद कंसाकारलाई सपथ ग्रहण गराएका हुन् । सो क्रममा सभामुख घिमिरेले सांसद कंसाकारलाई संसदको लोगो प्रदान गरेका थिए ।


ADVERTISEMENT

# # #


आफ्ना सांसदले सपथ ग्रहण गरेपछि रास्वपा सभापति रवि लामिछानेले एसिड आक्रमणबाट पीडित व्यक्तिलाई सांसद पदको रुपमा पाउदा निकै गर्वको महशुस भएको बताए । उनले कंसाकारलाई संसदमा प्रवेश गराउनु सम्पूर्ण एसिड आक्रमण पीडितको बिजयी भएको धारणा राखिन् । लामिछानेले रेशम चौधरीको रिहाई प्रक्रिया गलत भएको प्रतिक्रिया दिए ।

त्यस्तै सांसद बिन्दबासिनी कंसाकारले एसिड जलनको पीडाको मुद्धा लिएर सदनमा प्रवेश गर्ने बताइन् ।

यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका थिए । त्यसपछि रास्वपाले ढाकाकुमारलाई निष्कासन गरेर कंसाकारलाई सांसद बनाउने निर्णय गरेको थियो ।