काठमाडौँ – सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनर्संरचना गर्ने भएको छ ।

सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उत्पादनशील रोजगारी सिर्जना गर्ने उद्देश्यसहित कार्यक्रमको ढाँचा परिमार्जन गरिने जानकारी दिएका हुन् ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



उनले स्थानीय तहबाट कार्यान्वयन हुने श्रममुलक कार्यक्रम अन्तगर्त सूचिकृत बेरोजगारलाई कार्यस्थलमा आधारित तालिमसहितको न्यूनतम रोजगारी प्रदान गरिने उनले जनाए । स्थानीय तहबाट नै रुश्रम, सीप, उद्यमशीलता र विकास लगायतका सेवा गर्न सक्नेगरी रोजगार सेवा केन्द्रको स्तरोन्नती गरिने उनले बताए ।

अर्थमन्त्री महतले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ९४ करोड बिनियोजन गरेको बताए ।