काठमाडौँ – सरकारले सन् २०२३ देखि सन् २०३२ सम्म पर्यटन दशकका रुपमा मनाउने भएको छ । सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त जानकारी दिएका हुन् ।


ADVERTISEMENT


उनले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ नारासहित अभियान सञ्चालन गरिने बताए । अर्थमन्त्री महतले हिमाली क्षेत्रको सुन्दरताको अवलोकन र साहसिक पर्यटनलाई प्रवर्द्धन पूर्व ताप्लेजुङदेखि पश्चिमसम्म जोड्ने ग्रेट हिमालयन ट्रेल निर्माण कार्यलाई तीव्रता दिइने बताए ।


ADVERTISEMENT

# # #


स्थानीय जात्रा, पर्य, संस्कृतिको प्रचार र प्रवर्द्धन गरिने उनले बताए । यस्तै पोखरादेखि मनाङसम्म्को पदमार्गलाई निर्माण गरिने र रोल्पा, रुकुम र डोल्पा जिल्लाका ऐतिहासिक एवम् सांस्कृतिक पक्षलाई पर्यटनसँग जोड्नेगरी पर्याटकीय पदमार्ग निर्माण गरिने उनले बताए ।