काठमाडौँ – नेकपा माओवादी केन्द्रले दुई खुट्टा गुमाएर सगरमाथाको कीर्तिमानी आरोही गरेकाका हरि बुढामगरलाई सम्मान गरेको छ ।


ADVERTISEMENT


मंगलबार पार्टी कार्यालय पेरिसडाडामा आयोजित एक कार्यक्रमकाबीच माओवादीले बुढामगरलाई सम्मान गरेको हो । बुढामगरले यही २०८० जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरो पाइला टेकेका थिए । उनले सगरमाथा आरोहरणमा घुँडाभन्दामुनि अंग विच्छेद भएका व्यक्तिको नयाँ विश्व रेकर्ड कायम गरेका छन् ।


ADVERTISEMENT

# # #


सम्मान कार्यक्रममा बुढामगरले अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले अवसर दिएर सक्षम नागरिक बनाउनुपर्ने बताए । सगरमाथामार्फत अपांगताको क्षेत्रमा सचेतना दिने कोसिस आफूले गरेको उनले बताए । उनले यसअघि सरकारले सगरमाथा चढ्न निषेध गरेपछि सर्वोच्चमा गरेर मुद्दा लडेपछि सगरमाथा चढ्न पाएको जानकारी दिए ।

त्यस्तै बुढामगरलाई सम्मान गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले समाज परिवर्तन गर्ने बुढामगरको अभियानलाई माओवादीले सहयोग गर्ने बताए । रोल्पा घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाउनुपरेको थियो ।