काठमाडौँ – महोत्तरीमा पेस्तोल देखाएर अज्ञात समूहले एमएमबी बैँकमा लुटपाट गरेको छ । मंगलबार दिउँसो महोत्तरी गाउँपालिका–२, महोत्तरीबजारस्थित एनएमबी बैंकको शाखामा पेस्तोले बोकेर छिरेको समूहले लुटपाट मच्चाएको हो ।


ADVERTISEMENT


सार्वजनिक सीसीटिभी फुटेजमा लुटेराहरुले हातमा पेस्तोल बोकेर बैँकमा रहेका सर्वसाधारण र कर्मचारीलाई तर्साउँदै रकम लुटेको देखिन्छ । ४ जनाको समूहमा आएका लुटेराहरुले बैँकबाट ३५ लाख रुपैयाँ लुटेको बताइएको छ ।


ADVERTISEMENT

# # #


यद्दपि बैँकमा कति लुटपाट भएको हो भन्ने आधिकारिक विवरण आउन भने बाँकी नै छ । यसबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । यस्तै लुटेराहरुको खोजी कार्य पनि प्रहरीले तीव्र पारेको छ ।