काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्था सुधारका लागि बजेट केन्द्रित रहेको दाबी गरेका छन् ।


ADVERTISEMENT


आर्थिक पत्रकार समाज सेजनले बुधबार काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा अर्थमन्त्री महतले बजेटमा समावेश नीतिहरुले मुलुकको आर्थिक अवस्था सुधारका लागि भूमिका खेल्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


प्रशासनिक खर्च न्युनिकरणका लागि बजेटमार्फत इमान्दार प्रयास भएको अर्थमन्त्री महतको जिकिर छ । पूँजीगत खर्चको प्रभावकारीता बढाउन थाले बैदेशिक सहयोग परिचालन हुने र थप सहयोग आउने ढोकाहरु खोलिने उनले बताए ।

अर्थमन्त्री महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा सांसदले खर्च गर्न नपाउने तर सांसदले सिफारिस गरेको आधारमा संघले बजेट दिने जानकारी दिए । उनले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधानलाई प्रोत्साहन गर्ने नीति सरकारको नभएको भन्दै विद्युतीय सवारी साधानलाई प्रोत्साहन गर्ने नीति रहेको स्पष्ट पारे ।

त्यस्तै उनले सेयरमा लगानी गरेकाहरु आयकरको दायरामा नपर्ने भन्दै कोहि पनि लगानीकर्ता आत्तिनु पर्ने कारण नरहेको बताएका छन् ।