काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिको जलहरी प्रकरणमा एमालेप्रति भ्रम छर्न खोजिएको बताएका छन् ।


ADVERTISEMENT


बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले पशुपतिको जलहरी प्रकरणमा सत्यकुरालाई छोप्न असत्यको भ्रम छर्न खोजिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


अहिले बोक्न नसक्ने गरी आफ्नो सुन लगाएको तस्बिर बनाएर आफूमाथि भ्रम सिर्जना गरिएको उनले बताए । ओलीले आफूले सानो हुँदा ३–४ दिन मात्रै सुन लगाएको र त्यसपछि सुन नै नलगाएको जिकिर गरे ।

उनले भने, ‘केपी ओलीको फोटोमा, हातभरि सुनैसुनका, जिउभरि सुनैसुन, त्यति सुन म बोक्न पनि सक्दिनँ होला, औँठी समेत नलगाउने मान्छेलाई बोक्न नसक्नेगरी सुन लगाइदिएको छ बा ! यतिसारो झुट, नियत कस्तो घटियो होला !’

सभ्यताको सुरु भएको यस धर्तिमा जे बोलेपनि हुने प्रवृति मौलाउदै गएको उनको भनाइ छ ।