काठमाडौं— बिहीबार देशका केही भागमा वर्षा र हावाहुरीको सम्भावना रहेको छ । बिहान कोशी प्रदेशलगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।


ADVERTISEMENT


जल तथा मौसम विज्ञान विभागकाका अनुसार बिहीबार दिउँसो सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।


ADVERTISEMENT

# # #


सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा गण्डकी, बाग्मती र कोशी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ । राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।