काठमाडौँ– भारतको अखण्ड भारत नक्सामा नेपालको भुभाग समेटिएको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले भारतीय दुतावास अगाडी विरोध प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


हालै भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारत नक्सामा नेपालको केहि भुभाग समेटिएको विरोधमा संगठनले काठमाडौंको लैनचौरस्थित दुतावास अगाडी प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रदर्शनका क्रममा उनीहरुले अखण्ड भारतको नक्सा जलाएका थिए । उनीहरुले भारतले पटक पटक नेपालको भूभाग मिच्दै आएको भन्दै भारतको उक्त कदमविरुद्ध नारावाजी गरेका थिए ।