काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तविरुद्ध थुनछेक बहस सुरु भएको छ ।


ADVERTISEMENT


थुनछेक बहसका लागि प्रकरणमा पक्राउ एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित १८ जनालाई प्रहरीले अदालतमा उपस्थित गराएको छ ।


ADVERTISEMENT

# # #


थुनछेक बहसका क्रममा दुवै पक्षको बहस सकिएपछि अदालते पुर्पक्षमा पठाउने वा धरौटी अथवा सामान्य तारिकमा छाड्ने भन्नेबारेमा आदेश दिनेछ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ सहित फरार रहेका ३० जनालाई संगठित अपराध, किर्ते, ठगी तथा राज्य बिरुद्धको आरोप लगाएतका मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौ अदालतमा मुद्दा दायर गरेको थियो ।