काठमाडौँ– नेकपा एमालेको विरोधपछि रोकिएको राष्ट्रिय सभा भोलि मात्रै बस्ने भएको छ । आइतबार बसेको बैठकमा एमालेले अवरोध गरेपछि २९ मिनेटपछि पुनः सञ्चालन हुने भन्दै रोकिएको बैठक सोमबार मात्रै बस्ने सभाका अध्यक्ष गणेश तिमल्सिनाले बताए ।
आज बैठक सुरु हुनेबित्तिकै समय माग गरेका एमालेका राष्ट्रिय सभाका सदस्य भैरव सुन्दर श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको र प्रधानमन्त्री प्रचण्डले पनि भारत भ्रमणका क्रममा लिपुलेकको सम्बन्धमा राष्ट्रघात हुने गरी अभिव्यक्ति दिएको भन्दै त्यसको विरुद्व आवाज उठाएका थिए ।
राष्ट्रपति र प्रधानमन्त्री दुवैले यसबारे जवाफ दिनुपर्ने उनीहरुको माग छ ।